अल्डरशट मार्च ०९ २०१३ एन आर एन युकेले १०२ ओे अन्तरराष्ट्रिय नारी दिवस ७ बुदेँ घोषणा पत्र सहित भव्यताकासाथ सम्पन्न गरेको छ। एन आर एन युकेका सल्लाहाकार टुका छेत्रीको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रमको उदघाटन एन आर एन का संस्थापक अध्यक्ष डा॰ उपेन्द्र महतो, डा॰ मिलन चालिसे र एन आर एन आइ सी सी उपाध्यक्ष क्याप्टेन रिटायर्ड हितमान गुरुङले संयुक्त रुपमा पानसमा बत्ति बाली गरेका थिए।
कार्यक्रम सुरु गर्नु हुँदै एन आर एन युकेका रास्ट्रिय संयोजक राम शरण शिम्खडाले आमा बिषयक कविता बाचन गरि सहभागी सबैलाई भाव बिभोर गराउदै कार्यक्रमको स्वरुप र महिलाहरुबाट सबै ब्यबस्थापन गरिएकोले सबै जिम्मेवारी महिलाहरूलाई नै दिने हेतु बिधिवत कार्यक्रम संचालन गर्न माइक कार्यक्रम संचालिका एवम सन्चारकर्मी उशा भट्ट र पूर्व मिस नेपाल युके गोउमाया गुरुङलाई हस्तान्तरण गरेका थिए। Read More
